close

सूर्यविनायककाे घरघरमा खानेपानी

सूर्यविनायककाे घरघरमा खानेपानी

Trulli
फाइल तस्वीर
ADVERTISEMENT


भक्तपुर-  सूर्यविनायक नगरपालिकाको घरघरमा खानेपानी पुर्‍याउने अभियान सुरु भएको छ । नगरपालिका–१ देखि ६ नं वडासम्म मेलम्चीको खानेपानी घरघरमा पु¥याउन नगरपालिकाले सो अभियान सुरु गरेको हो ।

घरघरमा मेलम्चीको खानेपानी पु¥याउन नगरपालिकाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य किरण थापा र नगरप्रमुख वासुदेव थापाले संयुक्त रुपमा सूर्यविनायक बृहत् खानेपानी आयोजना शिलान्यास गरेका छन् ।

यसअघि नै सूर्यविनायक–६ पाण्डुबजारमा हाइटमा निर्माण गरिएकोे ६० लाख लिटरको पानी ट्याङ्की स्थलमै सो आयोजना पनि  शिलान्यास गरिएको हो ।

बागमती प्रदेशसभा सदस्य थापाले वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका सूर्यविनायक नगरपालिका–१, २, ३, ४, ५ र ६ का बासिन्दाको घरघरमा मेलम्चीको पानी पु¥याउने अभियानअन्तर्गत आज आयोजना सुरु गरिएको बताए । उनले भने, ‘सूर्यविनायक बृहत् खानेपानी ओजनाका लागि बागमती प्रदेश सरकारले रु ९५ लाखको बजेट विनियोजन गरेको छ, यस नगरपालिकाभित्र खानेपानीे अभाव भएका क्षेत्रमा समेत खानेपानी पु¥याउन प्रदेश सरकारमार्फत काम अघि बढेको छ ।'

नगरप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र  खानेपानी समस्या पूर्ण रुपमा समाधान गर्दै एक वर्षभित्र ती वडामा र तीन वर्षभित्र सबै वडाका घरघरमा खानेपानी पु¥याइने बताए । 

उनले भने, 'खानेपानीको समस्या समाधान गर्न नगरपालिकाबाट  चालु वर्षको बजेटमा मात्रै रु आठ करोड विनियोजन गरेका छौँ, यसका लागि सङ्घीय र प्रदेश सरकारबाट समेत सहयोग रहेककाले प्रत्येक वडाको घरघरमा खानेपानी पुर्याउने छौँ ।'

नगरप्रमुख थापाले यस नगरपालिकाभित्र पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकामा खानेपानी वितरण गर्दै आएको मेलम्ची खानेपानी आयोजनासँग आफूहरुले पटक पटक बसेर छलफल गरी यहाँका खानेपानी अभाव रहेको छवटा वडामा मेलम्चीको पानी वितरण गर्ने गरी योजना पार्न सफल भएको बताए