close

खाना स्वच्छतासम्बन्धी भरतपुरकाे तालिम

खाना स्वच्छतासम्बन्धी भरतपुरकाे तालिम

Trulli
ADVERTISEMENT

चितवन- पर्यटकीय क्षेत्र नारायणी नदी किनारका सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा तालिम दिइएको हो ।
 
सडक खाना पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिइने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिृकत मोहनकृष्ण महर्जनले जानकारी दिए। सडक क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा सङ्क्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवसायीलाई प्रोत्सहान गरिएको अधिकृत महर्जनले बताए।

कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेक्रम सम्ममा हानिकारक तत्व खानेकुरामा आउने भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भनी तालिम दिइएको छ । सफा पानीको प्रयोग, खाना भण्डार गर्ने तरीका, झिँगाबाट कसरी जोगाउने, तापक्रम व्यवस्थापन, दैनिक सरसफाइलाई मुख्य विषयवस्तुका रुपमा सिकाइएको छ ।
 
खाना तयार गर्न आधारभूत कुरामात्र अपाउन सकियो भने स्वच्छ खानेकुरा आमउपभोक्तालाई पस्किन सकिने विभागका वरिष्ठ अधिकृत महर्जनले बताए । तालिममा नारायणी किनारमा आधिकारिकरुपमा दर्ता भई सञ्चालनमा आएका ५० जना सडक खाना व्यवसायी सहभागी भएका थिए । नारायणी नदी किनार ‘सि’ बीच मोडलमा विकास भएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।