close

माण्डवीमा करार सेवामा दुई जना कर्मचारी माग

माण्डवीमा करार सेवामा दुई जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

प्युठान– माण्डवी गाउँपालिकामा करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी करार सेवामा दुई जना कर्मचारी माग गरेकाे जनाएकाे छ।

गाउँपालिकामा हलुका सवारी चालक श्रेणी विहिनमा एक जना र कार्यालय सहयोगी श्रेणी विहीनमा एक जना गरी दुई जना करार सेवामा कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले सूचना प्रकासित भएकाे १५ दिनभित्रमा आवश्यक कागजात र दरखास्तुर बुझाएको नगदी रसिदसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।