close

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

Trulli
ADVERTISEMENT

नवलपरासी– देवचुली नगरपालिका- १४ ले अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । वडामा अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सुधार गर्नका लागि बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

वडा नं. १४ मा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको वडा अध्यक्ष गोपाल थापाले बताए । आयआर्जनमुलक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०/०८१ को विनियोजित रकमबाट बाख्रा वितरण गरेको वडा अध्यक्ष थापाले पालिकाखबरलाई बताए ।

'अपांगता भएका १८ जना मध्ये चार जनालाई चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेका छौँ,' उनले भने, अर्को वर्ष अपांगता भएका सबैलाई व्यक्तिलाई बाख्रा वितरण गर्ने योजना रहेको छ ।' चालु आर्थिक वर्षदेखि अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको उनले बताए ।
यसका लागि वडाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।