close

वित्तीय साक्षरता तथा मनोसमाजिक परामर्श कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता तथा मनोसमाजिक परामर्श कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

पर्सा- पर्सागढी नगरपालिका-३ मा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारकाको परिवारलाई वित्तीय साक्षरता तथा मनोसमाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । 

सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत सरोकारवालाहरूको उपस्थितिमा वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण दिइएको नगरपालिकाको सुरक्षित आप्रवासन कार्यक्रम(सामी)का मनोसामाजिक परामर्शकर्ता अदेश ठाकुरले पालिकाखबरलाई बताए । 

कार्यक्रममा वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँने र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको परामर्शकर्ता ठाकुरले बताए । 

वडा नम्बर-३ मा भएको सो अभिमुखीकरण वित्तीय साक्षरता क्षेत्रीय संयोक अन्जु राणा, जिल्ला कार्यक्रम संयोजक रामा शंकर कुसवाहा र फोकल पर्सन चन्द्र किशोर रायले अनुगमनसमेत गरेका नगरपालिकाले जनाएको छ ।