close

कागेश्वरी मनोहराले ४० जनालाई १०० दिन रोजगार दिने

कागेश्वरी मनोहराले ४० जनालाई १०० दिन रोजगार दिने

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहराले चालु आर्थिक वर्षमा ४० जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । नगरपालिकाले माघ २९ गते सूचना प्रकासित गर्दै न्यूनतम रोजगारीमा संलग्न हुनका लागि आवेदन माग गरेको छ । 

नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिन लागेको हो । कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत हेसागर मिश्रले सूचना जारी गर्दै आजदेखि फागुन मसान्तसम्म आवेदन दिन सकिने जनाएका छन् । 

नगरपालिकाले न्यूनतम रोजगार, नागरिकको अधिकारसम्बन्धी सञ्चालन गरिरहेको बताउँदै सार्वजनिक निर्माणको काममा योगदान दिन र रोजगारमूखक तालिम लिनका लागि आव्हान गरेको रोजगार सेवा केन्द्रका सहायक विशाल दुलालले जानकारी दिए । 

नगरपालिकाभित्रका विकास पूर्वाधार, सिँचाइ, सडक निमार्णलगायतका काम गर्ने गरेको नगरपालिकाले जनाएको छ । रोजगार केन्द्रको मापदण्डअनुसारको कार्यविधि र रोजगार केन्द्रमा सूचिकृत भएकाहरु मध्येबाट सिस्टमका आधारमा छनौट गर्ने गरेको छ । 

रोजगार सहायक दुलालका अनुसार सो कार्यक्रमबाट गत आर्थिक वर्षमा पनि ४० जनालाई नै १०० दिने  रोजगार दिइएको थियो ।