close

मिर्चैयामा तोडफोड : एक साता बित्दा पनि भएन छानबिन

मिर्चैयामा तोडफोड : एक साता बित्दा पनि भएन छानबिन

Trulli
ADVERTISEMENT

सिरहा - मिर्चैया नगरपालिकाको कार्यपालिका भवनमा भएको तोडफोडबारे अझै कुनै छानविन हुन सकेको छैन । नगरपालिकाको कार्यपालिका भवनमा गत आइतबार तोडफोड भए पनि अझै छानबिन हुन सकेको छैन । 

नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवका अनुसार सो घटनाबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले कुनै छानविन गरेको छैन । पालिकामा कुनै माग र धर्ना नभई एक्कासी तोडफोड गरेकोबारे छानविनको लागि माग गरे पनि कुनै सुनुवाई नभएको नगरप्रमुख यादवको गुनासो छ । 

घटनाबारे छानविन र कारबाहीका लागि आफूले जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन तथा प्रदेश सरकारसँग अनुरोध गरेको उनको भनाइ छ । घटनाबारे अझै छानविन नभएकोले तोडफोड गर्ने व्यक्तिको मनोबल बढ्ने उनले सुनाए । 

सो घटनाले पालिकाको सेवासमेत प्रभावित भएको उनले सुनाए । घटनाले केही कर्मचारी घाइते भएकाले मनोबलसमेत कमजोर भएको उनले बताए । नगरपालिकाको कार्यपालिका भवनमा गत आइतबार दिउँसो एक समूहले तोडफोड गरेका थिए ।