close

महावीर भण्डा मेलामा हवाइ फायर, शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने सर्वदलीयको निर्णय

महावीर भण्डा मेलामा हवाइ फायर, शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने सर्वदलीयको निर्णय

Trulli
ADVERTISEMENT

महोत्तरी- साम्सी गाउँपालिका–२ स्थित पर्सा गाउँमा शनिबार प्रहरीले हवाई फायर गरेको छ । पर्सा गाउँमा शनिबारदेखि सुरु भएको १० दिने महावीर भण्डा मेलाको कलश यात्राका क्रममा पर्सा गाउँका दुई पक्षबीच तनाव चर्केको थियो । 

दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर खोलेको गाउँपालिका अध्यक्ष राम नाथ यादवले बताए । उनका अनुसार एक जना प्रहरी जवानसहित तीन जना सामान्य घाइते भएका छन् । 

कलश यात्राका क्रममा डिजे बजाउने र बजाउन नदिने विषयमा विवाद भएको थियो । आक्रोसित समूहले गाउँपालिकाका पूर्वअध्यक्ष सेख अनवारुल हकको मोटरसाइकलमा आगजनी गरको प्रहरीले जनाएको छ ।

आज गाउँपालिकामा बसेको सर्वदलीय बैठकले १० दिनसम्म चल्ने महावीर भण्डा मेलाको शान्ति सुरक्षाको लागि सबैले भूमिका खेल्ने र प्रहरी प्रशासनलाई सघाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । 

अहिले स्थिति सामान्य भएको र दुवै पक्षका प्रतिनिधिलाई छलफलका लागि जलेश्वरस्थित प्रशासन कार्यालयमा झिकाएको जिल्ला प्रहरीका डिएसपी तथा सूचना अधिकारी दीलिप गिरीले बताउनु भयो ।