close

मगर दिवसको अवसरमा सार्वजनिक बिदा

मगर दिवसको अवसरमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

तनहुँ– मगर दिवसको अवसरमा बन्दिपुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । ४२ औँ मगर दिवसको उपलक्ष्यमा आगामी मंगलबार सार्वजनिक बिदा दिन लागेको हो । 

गत माघ १७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर मगर दिवसमा फागुन १५ गते बिदा दिन लागिएको गाउँपालिकाले जनाएको छ । सो दिन पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सम्पूर्ण सार्वजनिक संघ संस्था बन्द रहने गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।