close

मेलमिलापकर्तालाई सुचिकृत हुन गोसाईकुण्डको अनुरोध

मेलमिलापकर्तालाई सुचिकृत हुन गोसाईकुण्डको अनुरोध

Trulli
ADVERTISEMENT

रसुवा– गोसाईकुण्ड गाउँपालिकाले मेलमिलापकर्तालाई सुचिकृत तथा अध्यावधिक हुन अनुरोध गरेको छ । आधारभुत तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई फागुन २६ गतेभित्र सुचिकृत हुन गाउँपालिकाले एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।

गाउँपालिकाले दुईहप्ता अघि मेलमिलापसम्बन्धी आधारभुत तालिम प्रदान गरेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक प्रतिमा तमाङले बताइन् । सोहि मेलमिलापकर्तालाई गाउँपालिकाको न्यायिक समिति उजुरीको कारवाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ को दफा ६० बमोजिम मेलमिलापकर्ता सुचिकृत गर्न लागिएको हो । 

उनका अनुसार वडामा रहेका मेलमिलाप केन्द्रको पुनःगठन गर्न मेलमिलापकर्ता सुचीकृत गर्न लागिएको हो । गत आर्थिक वर्षमा सुचिकृत भएका मेलमिलापकर्ताहरुले समेत पुनः सुची दर्ता गर्नुपर्ने उनले बताइन् ।