close

बेवारिसे ट्रकको हकदाबी नपरे कबाडीमा बिक्री गर्ने रिब्दीकोटको चेतावनी

बेवारिसे ट्रकको हकदाबी नपरे कबाडीमा बिक्री गर्ने रिब्दीकोटको चेतावनी

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाले लामो समयदेखि बेवारिसे अवस्थामा रहेको ट्रकको हकदाबी गर्न आह्वान गरेको छ । गाउँपालिकाले वडा नं ५ का कुशुमखोलामा विगत ८/९ वर्ष देखि वेवारिसे अवस्थामा रहेको ट्रकको हकदाबी गर्न आह्वान गरेको हो । 

गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले सो ट्रक हटाउने निणर्य गरेको हो । लु १ ख ५०७८ नं को ट्रक बाटोको किनारामा रहेको र सो ट्रकले गर्दा सडकमा प्रतिकुल असर तथा दुर्घटना निम्ताउने जोखिम समेत देखिएको गाउँपालिकाले जनाएको छ ।  

सोमबार एक सूचना जारी गर्दै उक्त ट्रक धनीलाई सात दिनभित्र हकदाबी गर्न गाउँपालिकाले सोमबार सूचना जारी गर्दै अनुरोध गरेको छ । तोकिएको समयमा कसैको हकदाबी नपरेमा कबाडीको रुपमा बिक्री गरेर स्थान खाली गर्ने गाउँपालिकाले जनाएको छ ।