close

धानको बीउ माग गर्न रुपनीको अनुरोध

धानको बीउ माग गर्न रुपनीको अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकाले अनुदानमा धानको बीउ वितरणको लागि माग संकलन गर्न थालेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय बासिन्दासँग धानको बीउ माग संकलन गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थानीय बासिन्दालाई धानको बीउ वितरण गर्न लागेको हो । गाउँपालिकाले सोना र कान्छी जातको धानको बीउ वितरण गर्ने जनाएको छ । 

इच्छुक व्यक्तिले आफूलाई आवश्यक अनुसार धानको बीउ माग गर्न सक्नेछन् । आवश्यक कागजातसहित फागुन २५ गते भित्र मागसहितको आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।