close

रोशीका विद्यार्थीहरूलाई योग शिक्षा

रोशीका विद्यार्थीहरूलाई योग शिक्षा

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका-७ स्थित रोशी माध्यमिक विद्यालयमा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको छ । विद्यार्थीहरूका लागि आयुर्वेद औषधालयको आयोजना तथा आयुर्बेद शाखाको समन्वयमा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको हो ।

नागरिक आरोग्य अभियान अन्तर्गत योग कार्यक्रममा रोशी माध्यमिक विद्यालयका ४१ जना विद्यार्थीहरूलाई योग प्रशिक्षण दिएको आयोजकले जनाएका छन् । विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरू प्रशिक्षणमा सहभागी थिए । 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चिकित्सा विज्ञानले नसकेको नशाजन्य रोग योगले निको पार्ने बताएका छन् । योगले मेन्टल्ली र फिजिकल्ली स्वस्थ राख्न मद्दत गर्ने उनको भनाइ छ ।

रोशी माविका प्रधानाध्यापक बिन्दुप्रसाद ढुङ्गानाले रोग लाग्नुभन्दा रोग लाग्न नदिनको लागि योगले सहयोग गर्ने बताएका छन् । योगका लागि रोशी माविलाई छनौट गरेकोमा उनले आयोजकलाई धन्यवाद दिए ।