close

स्थानीयसँग योजना माग गर्दै रामप्रसादराई

स्थानीयसँग योजना माग गर्दै रामप्रसादराई

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले स्थानीय बासिन्दासँग योजना माग गरेको छ । गाउँपालिकाले वडागत रुपमा स्थानीय बासिन्दाहरुसँग योजना माग गरेको हो । 

गाउँपालिका अध्यक्ष थामबहादुर राईका स्वकीय सचिव सुजिल राईका अनुसार मुलुकभरका स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने १०४ स्थानीय सरकारलाई संघीय मन्त्रालयले प्रोत्साहन रकम स्वरुप ७५ लाख रुपैयाँ पुरस्कार दिएको थियो । सो रकम रामप्रसादराई गाउँपालिकाले पनि पाएको उनले पालिकाखबरलाई सुनाए । 

साे रकमलाई प्रयाेग गर्न स्थानीय बासिन्दाको माग सम्बोधन हुने गरी विकास गर्नका लागि गाउँपालिकाले योजना माग गरेको हो । गाउँपालिकाले आइतबार र सोमबार नवप्रबर्तनमा आधारित स्थानीय आर्थिक  बिकास कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम गरिएको उनको भनाइ छ । 

वडा नम्बर एक देखि ४ लाई लक्षित गरी आइतबार गाउँपालिकाको कार्यपालिका भवन र ५ देखि ८ सम्म लक्षित गरी सोमबार वडा नम्बर ७ को वासिखोरामा हुने उनको भनाइ छ । 

सो कार्यक्रमबाट संकलन भएको मागलाई आधारभूत आवश्यकताको रुपमा मूल्यांकन गरी योजनामा छनौट गरी काम गरिने उनले पालिकाखबरलाई सुनाए ।