close

स्थानीय महिलाहरूलाई मनोपरामर्श तालिम

स्थानीय महिलाहरूलाई मनोपरामर्श तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले समुदायमा आधारित १५ दिने मनोपरामर्श तालिम सञ्चालन गरेको छ । 

चाँगुनारायण नगरपालिकाको सभाहलमा गत १० गतेबाट सञ्चालन भइरहेको तालिम यही २४ गतेसम्म चल्नेछ । तालिममा अघिल्लो वर्ष एक साता तालिम लिएका २५ जना महिलाहरुलाई सहभागि गराइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार १५ दिनसम्म चल्ने तालिममा मनोशिक्षा मानसिक स्वास्थ्यका साथै आवश्यकता र महत्वका साथै पछिल्लो समय मानसिक रोग बढ्नुका कारणहरूमाथि छलफल गरिने छ ।