close

सहिदभूमिका महिला व्यवसायी सम्मानित

सहिदभूमिका महिला व्यवसायी सम्मानित

Trulli
ADVERTISEMENT

धनकुटा  - सहिदभूमि गाउँपालिकाले महिला व्यवसायीलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बुधबार एक कार्यक्रम गरी सम्मान गरेको हो । 

शाखाकी प्रमुख प्रकृती राईका अनुसार ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । गाउँपालिकाले पाँच जना व्यक्तिगत व्यवसायी र कृषि समूहबाट एक जना गरी ६ जना महिला व्यवसायीलाई सम्मान गरेको हो । 

उनका अनुसार ती महिलाहरुले नाङ्लो बुन्ने, दुई जना होटेल व्यवसायी, एक जना मोटरसाइकल वर्कसप र एक जना सिलाई कटाई गर्दै आएका थिए । उनीहरुलाई पालिकाको मापदण्ड अनुरुप छनौट गरी सम्मान गरेको उनले पालिकाखबरलाई सुनाइन् । 

गाउँपालिकाले १२ देखि १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको उनले बताइन् । गाउँपालिकाले विगतको वर्षमा नारी दिवसको अवसरमा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको उनको भनाइ छ । यस वर्ष सामान्य देखि ठूलो व्यवसाय गर्दै आएकोलाई सम्मान गरेको उनले बताइन् ।