close

केराबारीका १० महिला व्यवसायी सम्मानित

केराबारीका १० महिला व्यवसायी सम्मानित

ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले स्थानीय महिला व्यवसायीलाई सम्मान गरेको छ । गाउँपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला व्यवसायीलाई सम्मान गरेको हो । 

गाउँपालिकाको प्रशासन शाखाका प्रमुख बाबुराम केसीका अनुसार गाउँपालिकाभित्र स्थानीय स्रोत साधनको प्रयोग गर्ने गरी व्यापार प्रवद्र्धन गर्दै आएका महिलालाई सम्मान गरेको हो । महिलाले नेतृत्व गरी सञ्चालनमा भएका संस्थाको प्रतिनिधिको रुपमा लिएर गाउँपालिकाले सम्मान गरेको उनले पालिकाखबरलाई सुनाए । 

महिला तथा बालबालिका शाखाकी प्रमुख मीना पहाडीले गाउँपालिकाबाट प्रोत्साहनका लागि सम्मान गरेको बताइन् । उनका अनुसार गाउँपालिकाले महिला व्यवसायीलाई दोसल्ला ओढाएर सम्मानपत्र दिएर सम्मान गरिएको हो ।