close

महिला अधिकार र सशक्तिकरणसम्बन्धि अन्तरक्रिया

महिला अधिकार र सशक्तिकरणसम्बन्धि अन्तरक्रिया

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले महिला अधिकार र सशक्तिकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार र शुक्रबार गरी कार्यक्रम सम्पन्न गरेको हो । 

गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका स्वकीय सचिव सुजिल राइका अनुसार महिलाको क्षमता अभिबृद्धि गर्नको लागि महिला शसक्तिकरण कार्यक्रम
गरेको हो । कार्यक्रमबाट सृजनशील ढंगले महिलामा भएको कलालाई प्रस्फूटन हुने विश्वास गाउँपालिकाको रहेको उनले पालिकाखबरलाई बताए । 

कार्यक्रममा पालिकाभित्रका ८ वटै वडाका महिलाहरुको सहभागिता रहेको उनले जानकारी दिए । दुई दिने कार्यक्रममा कोशी प्रदेशस्तरीय गणेश तिमिल्सिना मन्दिरा राईले प्रशिक्षकको रुपमा सहजीकरण गरेको उनको भनाइ छ ।

कार्यक्रमले महिलाई अगाडि बढ्न् प्रेरित हुने उनले बताए । गाउँपालिकाले कार्यपालिका भवनमा आयोजनामा गरको सो कार्यक्रममा म्युजिक चियरलगायत विभिन्न प्रतियोगिता तथा पुरस्कार व्यवस्थासमेत गरेको छ ।