close

रुपन्देही उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

रुपन्देही उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई  सम्मानसहित बधाई ज्ञापन गरी सफल कार्यकालको शुभकामना दिएको छ । 

संघले नवनिर्वाचित जनप्रतिनिधिलाई उनकै कार्यकक्षमा पुगेर सम्मान तथा स्वागत बधाई ज्ञापन गरेको हो । 

संघका अध्यक्ष माधव प्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी तथा देवदह नगरपालिका प्रमुख ध्रुव खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई सम्मानपत्र तथा खादा लगाएर सम्मान गरेका थिए । 

सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धिका लागि औद्योगिक विकासमा जोड दिन स्थानीय सरकारहरुसँग आग्रह गरे। 

स्थानीय तहबाट औद्योगिक विकासका लागि सहमति र सहकार्यको वातावरण तयार गर्दै उद्योग संरक्षणको नीति बनाउन सुझाव दिए । 

अध्यक्ष पौडेलले विषेशगरी उद्योग सञ्चालन गर्ने क्रममा कतिपय नीतिगत रुपमा आइपरेका समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिंदै यस क्षेत्रमा रहेको औद्योगिक क्षेत्रको अभावलाई पूरा गर्न उद्योगग्रामको स्थापनाको कामलाई तदारुकताका साथ अगाडी बढाउनुपर्ने बताए । 
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी तथा देवदह नगरपालिका प्रमुख ध्रुव खरेलले उद्योगीहरुका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।