close

सबैको सहयोगमा मात्रै चौतर्फी विकास हुनसक्ने डाक्नेश्वरी नगरपालिकाका मेयरकाे दाबी

सबैको सहयोगमा मात्रै चौतर्फी विकास हुनसक्ने डाक्नेश्वरी नगरपालिकाका मेयरकाे दाबी

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले आग्रह, पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको समविकास गरिने बताएका छन् । 

डाक्नेश्वरी नगरपालिकाको मगलबार आयोजित शपथग्रहण र पदस्थापन कार्यक्रममा प्रमुख मलाहाले आफूले जस्तै सबै वडाका जनप्रतिनिधिले आग्रह, पूर्वाग्रह नराखेर काम गर्ने विश्वास व्यक्त गरे । 

नगरप्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्ष र सदस्यलाई सामूहिक शपथग्रहण गराएका थिए । 

विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाह र परामर्शमा एक वर्षभित्र कानुन, नीति, नियम निर्माण गर्ने बताउँदै उनले पद प्राप्त गर्नुभन्दा असल भूमिका निर्वाह गर्न महत्वपूर्ण भएको  उनले बताए । 

मलाहाले अन्य उम्मेदवारलाई मत दिनुहुने जनताको अपेक्षा र आशालाई समेत विश्वासमा परिणत गर्ने अभिभारा आफूले महसुस गरेको बताए । 

जनप्रतिनिधिले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको बताउँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य ताराकान्त चौधरीले सिँचाइ खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गरे । 

गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिँदै उनले अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए ।