close

बिपी र पुष्पलालको स्मृतिमा पार्क बनाउने बुटवल उपमहानगर कार्यपालिकाको पहिलो निर्णय

बिपी र पुष्पलालको स्मृतिमा पार्क बनाउने बुटवल उपमहानगर कार्यपालिकाको पहिलो निर्णय

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाको नगर सभा असार ८ गते बस्ने भएको छ । आज बसेको नगर कार्यपालिकाको पहिलो बैठकले उपमहानगरपालिकाको नगरसभाले असार ८ गते अर्को बैठक बस्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

बैठकले बुटवल वडा नम्बर ११ को वडा कार्यालय परिसर देवीनगरको उत्तरतर्फ नेपाली कांग्रेसका नेता स्व. बिपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृर्तिमा पार्क बनाउने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पहिलो बैठकले बुटवल उपमहानगर(११को कार्यालय रहेको खालि स्थानमा बिपी पुष्पलालपार्क निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । उनले उपमहानगरभित्रका करिब १६ हजार भूमिहीन सुकुम्बासीलाई बसोबासको निस्सा दिने निर्णय गरेको जानकारी दिए ।

पाण्डेले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाइका लागि टेन्डर प्रक्रियाबाट कार्यअगाडि बढाउने निर्णय भएको पनि जनाए ।

उनले आफ्नो प्रतिबद्धताअनुरुप ज्योतिनगरको पहिरो नियन्त्रणको काम सुरु भइसकेको बताउँदै पाल्पाको बाटो हुँदै पहिरो पन्छाउने काम थालिएको र पानीको बहाव सिद्धबाबातर्फ फर्काउने काम भइरहेको जानकारी दिए ।

११ उपसमिति गठनः

बैठकले उपमहानगरका विभिन्न विषयमा ११ उपसमिति गठन गरेको नगरप्रमुख पाण्डेले जानकारी दिए ।

बैठकबाट सार्वजनिक सेवा तथा क्षमता विकास उपसमिति संयोजकमा पदमगाहा, सामाजिक विकास उपसमिति संयोजकमा प्रदीप श्रेष्ठ, आर्थिक विकास उपसमिति संयोजकमा डिल्ली शर्मा आचार्य, पूर्वाधार विकास समितिमा नारायणसिंह पुन, वातावरण तथा विपद व्यवस्थापन संयोजकमा रामचन्द्र क्षेत्री, विधेयक समिति संयोजकमा नरेन्द्र बस्नेत, उपप्रमुख संयोजक राजश्व परामर्श समिति सदस्यरतमा नरेश्वर पौडेल र बसन्ती बिक, जाँच पास तथा फरफारक समिति संयोजकमा हरि श्रेष्ठलाई चयन भएका छन् ।