close

आफ्नै छोरालाई कारबाही गर्न छानबिन समिति गठन

आफ्नै छोरालाई कारबाही गर्न छानबिन समिति गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले आफ्नै छोरालाई कारबाहीका लागि प्रक्रिया अघि बढाएका छन् । 

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले  चढेको गाडीमा उनकै छोराले तोडफोड गरेपछि कारबाहीका लागि प्रक्रिया अघि बढाइएको पालिका खबरसँग बताए । 

गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले बाहिर मादकपदार्थ सेवन गरी कार्यालयभित्र पार्किङ गरेर राखेको गाडीमा छोराले तोडफोड गरेकाले कारबाहीका लागि प्रक्रिय अगाडि बढाइएको बताए । 

‘तोडफोड गर्ने मेरै छोरा हुन्, मादकपदार्थ सेवन गरेर आएका रहेछन्, आबेसमा आएर गाडीमाथि तोडफोड गरे, दोषीलाई कारबाहीका समिति बनेको छ, त्यहीअनुरुप प्रक्रिया पनि अगाडि बढाइएको छ,’ पालिका अध्यक्षले भने, ‘कारबाही अघि बढ्छ,  कारबाहीका लागि समिति बनाइएको छ, कारबाही हुनुपर्छ ।’

मंगलबार गाउँपालिका कार्यालयको पार्किङमा राखिएको गाडीमा मोरङको गाडी अध्यक्षकै छोराले ताेडफोड गरेका थिए । पालिका अध्यक्ष गच्छदारले छोरासँग कुनै व्यक्तिगत रिसिबी नभएको पालिका खबरलाई बताए ।  

एक स्रोतका अनुसार कांग्रेसको बहुमत रहेको कार्यपालिकामा ज्योतिले गाउँपालिकाको जिम्मेवारी बाँडफाँटमा एमालेका जनप्रतिनिधिलाई स्पेस नदिएको भन्दै बाबु चढ्ने गाडी तोडफोड गरेको बताइएको छ । उनका बाबु नेपाली का‌ंग्रेसबाट निर्वाचित अध्यक्ष हुन् भने छोरा एमालेका स्थानीय नेता हुन् ।