close

नेपालगञ्ज उपमहानगरपालिको बजेट एक अर्ब ६४ करोड

नेपालगञ्ज उपमहानगरपालिको बजेट एक अर्ब ६४ करोड

Trulli
ADVERTISEMENT

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

११औं नगरसभामा नगर उपप्रमुख कमरुद्धिन राईले प्रस्तुत गरेको चालु आव २०७८/०७९ भन्दा करिब ९ करोड बढी हो । चालु आवमा एक अर्ब ५४ करोड ७७लाख ११ हजार ३६२ रुपैयाँ थियो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको गरेका छन् । 
कूल आम्दानीको अधिकांशभार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकोले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको नगर उपप्रमुख राईले बताए ।

यस वर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपैयाँहुने अनुमान गरिएको उपमहानगरपालिकाले मजनाएको छ ।