close

एमालेका जनप्रतिनिधि नआएपछि गाउँसभा स्थगित, बजेट १४ गते

एमालेका जनप्रतिनिधि नआएपछि गाउँसभा स्थगित, बजेट १४ गते

Trulli
ADVERTISEMENT

बाँके । राप्तीसोनारी गाउँपालिकाको ११औं गाउँसभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेका कारण ढिला गरी शुरु भएको ११औं गाउँसभा असार १४ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । 

११औं गाउँसभाका सभाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले गाउँसभा स्थगित भएको घोषणा गरेका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित भएपछि गाउँसभा स्थगित भएको हो । 

दिउँसो १ बजेलाई बोलाइएको गाउँसभा साँझ सवा ६ बजे सुरु भएको थियो । गाउँसभामा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका १९ जना जनप्रतिनिधि मात्र उपस्थित थिए । 

अध्यक्ष पौडेलले असार ८ गते नीति कार्यक्रम र बजेट कार्यपालिका बैठकबाट पारित गरेपनि एमालेका जनप्रतिनिधिहरु आफैंले गरेको निर्णयबाट पछि हट्नु दुर्भाग्यपूर्ण भएको बताए ।उनले एमालेका जनप्रतिनिधिहरुमा बहुमतको दम्भ र अहंकार देखिएको बताए ।

 पालिकाको हकहितमा काम गर्न आफू सहमति र सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष पौडेलले एमालेका जनप्रतिनिधिहरुले अनावश्यक बखेडा झिकेको आरोप लगाए । एमालेका जनप्रतिनिधिहरुले वडाको सिलिङ बढाउन माग गरेको बताइएको छ ।

 गाउँपालिकाको ११औं गाउँसभामा आज अध्यक्ष तप्त बहादुर पौडेलले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम एवम् उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्ने कार्यसूची थियो  ।