close

सन्धिखर्कको बजेट: सीमान्तकृत समुदायको विद्युत महसुल नगरपालिकाले भुक्तानी गरिदिने

सन्धिखर्कको बजेट: सीमान्तकृत समुदायको विद्युत महसुल नगरपालिकाले भुक्तानी गरिदिने

Trulli
ADVERTISEMENT

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/०८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ११औं नगर सभाबाट सोही रकम विनियोजन गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै, श्रेष्ठले नगरपालिकाको नीति तथा कार्यक्रममा न्युनतम विद्युत महसुलमा २० युनिटभन्दा कम खपत गर्ने सीमान्तकृत समुदायका सम्पूर्ण घर–परिवारको विद्युत महसुल नगरपालिकाले भुक्तानी गरिदिने, सामुदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगरपालिकाको कार्यमा रहँदाको अवस्थामा कुनै कारण राज्यकोषबाट तलब भत्ता खाने नगरपालिका कर्मचारी वा शिक्षको मृत्यु भएमा प्रति परिवार ५० हजार सहयोग उपलब्ध गराउने नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिका भित्रका ७० वर्ष मुनिका एकल महिला एकल पुरुषमध्ये नियमित पारिश्रमिक तथा निवृत्तिभरण प्राप्त नगर्ने परिवारका व्यक्तिलाई स्वास्थ्य बीमा गर्न ७५ प्रतिशत अनुदान दिने लगायतका विषयमा समेटेर बजेट ल्याइएको छ । 

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पूर्वाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड १३ लाख र सुशासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।