close

नार्पाभूमिको बजेट : सडक विस्तारलाई प्राथमिकता

नार्पाभूमिको बजेट : सडक विस्तारलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

मनाङ । सडक सञ्जालसँग नजोडिएको मनाङको नार्पाभूमि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १८ करोड ५१ लाख ८७ हजार  बजेट सार्वजनिक गरेको छ । 

नगरपालिकाको शुक्रबार आयोजित १०औँ गाउँसभामा उपाध्यक्ष मेङ्मर फुञ्चो लामाले प्रस्तुत गर्नुभएको बजेटमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कूल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ रु चार करोड ९० लाख खर्च हुने अनुमान गरिएको छ । जुन कूल बजेटको २६ दशमलव ४५ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ १३ करोड ६१ लाख ८७ हजार विनियोजन गरिएको छ । 

अनुमानित खर्च कार्यान्वयन गर्न आन्तरिक स्रोत परिचालनतर्फ रु १२ लाख, सञ्चित कोषतर्फ रु एक करोड विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ ६ करोड ८४ लाख, सङ्घीय सरकारबाट अनुदानतर्फ रु तीन करोड ८८ लाख, राजस्व बाँडफाँडतर्फ रु तीन करोड ६१ लाख, विशेष अनुदानतर्फ एक करोड ३३ लाख, समपूरक अनुदानतर्फ ४६ लाख बजेट विनियोजन गरिएको छ । 

गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहेको चामे गाउँपालिकास्थित स्याउबारी भिरमा ट्र्याक खोल्न १५ लाख विनियोजन गरेको छ । साथै कोतो–छ्याछ्या–हुलाकी ओडार–मेता सडकखण्ड मर्मतका लागि ५० लाख र क्याङ–फु गेट–फु गाउँसम्मको बाटो मर्मतका लागि २० लाख विनियोजन गरिएको छ ।