close

दाङका सबै पालिकाको बजेट सार्वजनिक : कुन पालिकामा कति ?

दाङका सबै पालिकाको बजेट सार्वजनिक : कुन पालिकामा कति ?

Trulli
ADVERTISEMENT

दाङ । राप्ती गाउँपालिकाको बजेट बहुमतले पारित गरेसँगै दाङका १० वटै स्थानीय तहमा करिब साढे ९ अर्ब बराबरको बजेट सार्वजनिक भएको छ । दाङका सबै स्थानीय तहमा ९ अर्ब ४९ करोड ५३ लाख २१ हजार ३०० रुपैयाँ बराबरको अनुमानित आय व्यय सार्वजनिक भएको छ ।

राप्ती गाउँपालिकाले ६१ करोड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको छ । यसअघि जिल्लाको घोराही, तुलसीपुर, लमही, बबई, राजपुर, बंगलाचुली, गढवा, शान्तिनगर र दंगीशरण गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेको छन् । 

जिल्लाको घोराही उपमहानगरपालिकाले बजेटको आकार सबैभन्दा धेरै प्रस्तुत गरेको छ । घोराहीमा यस पटक २ अर्ब ३२ करोडको बजेट सार्वजनिक भएको छ । उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजार गरी २ अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।

यस्तै उता तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष बजेटको आकार उल्लेख्य रुपमा घटाएर सार्वजनिक गरेको छ । उपप्रमुख स्यानी चौधरीले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट सार्वजनिक गरिएकी हुन् । उपप्रमुख चौधरीले आन्तरिकतर्फ ४४ करोड ६२ लाख, संघीय सरकार अनुदानतर्फ १ अर्ब २२ करोड ९८ लाख ३ हजार, प्रदेश सरकार अनुदानतर्फ १० करोड २७ लाख ७६ हजार र अन्य संस्था अनुदनरऋणतर्फ ८ करोड ६० लाख गरी १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गरेकी हुन् । तुलसीपुर उपमहानगरले यसअघि ३ अर्ब बढीको बजेट ल्याएको थियो ।

यस्तै उता लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट ल्याएको छ । नगर सभाको बैठकमा उपप्रमुख लक्ष्मी योगीले शाखागत र वडागत रुपमा बजेट विनियोजन गरेको छ । 

यस्तै राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गरेकी थिइन् ।

यस्तै बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गरेकी थिइन् । 

उता, बंगलाचुली गाउँपालिकाले पनि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भक्तबहादुर जिसीले शुक्रबार अपरान्ह गाउँसभामार्फत पालिकाको बजेट सार्वजनिक गरेका थिए ।
यस्तै, गढवा गाउँपालिकाको एघारौं गाउँ सभामा गा

उता, दंगीशरण गाउँपालिकाले पनि शुक्रबार नै नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले गाउँसभामार्फत ४६ करोड ९४ लाख ३९ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् ।

दाङका १० वटै पालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १० अर्ब ४९ करोड ६० लाख ५४ हजार २५३ रुपैयाँको बजेट ल्याएका थिए ।