close

सम्मरीमाइ गाउँपालिकाको बजेट ५५ करोड ७५ लाख

सम्मरीमाइ गाउँपालिकाको बजेट ५५ करोड ७५ लाख

Trulli
ADVERTISEMENT

रुपन्देही । सम्मरीमाइ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० लागि ५५ करोड ७५ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको एघारौं गाउँसभाको वैठकमा उपाध्यक्ष प्रियंका शाही सिंहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन्।

गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवको अध्यक्षतामा भएको गाउँपालिकाको ११औं गाउँसभामा चालुतर्फ ३१ करोड ६४ लाख ४ हजार ५० र पुँजीगततर्फ २४ करोड ११ लाख ७९ हजार ९५० रुपैयाँको बजेट उपाध्यक्ष सिंहले प्रस्तुत गरेकी छन् ।

जसअन्तर्गत शिक्षातर्फ ३ करोड १९ लाख ६५ हजार ५०, स्वास्थ्य क्षेत्रतर्फ १ करोड ८८ लाख ९४ हजार, कृषि विकास क्षेत्रतर्फ ६८ लाख ८० हजार, पशु विकास क्षेत्रतर्फ २८ लाख ४० हजार, महिला बालबालिकातर्फ ७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ