close

ओमसतिया गाउँपालिकाको बजेट ५१ करोड ३७ लाख

ओमसतिया गाउँपालिकाको बजेट ५१ करोड ३७ लाख

Trulli
ADVERTISEMENT

रुपन्देही । ओमसतिया गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।

उपाध्यक्ष सुनिता चौधरीले ५१ करोड ३७ लाख ४६ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालु खर्च तर्फ ३० करोड ५० लाख ६६ हजार र पूँजीगत खर्च तर्फ २० करोड ८६ लाख ८० हजार रहेको छ ।

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न कर छुटमा एम्बुलेन्स खरिद गर्नको लागि १५ लाख विनियोजन गरिएको छ । 
त्यस्तै सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च उपलब्ध गराउने र उनीहरुलाई थप प्रोत्साहन गर्न ९ लाख साथै महिला स्वास्थ्य स्वयंसेविकाको निशुल्क विमा कार्यक्रम सञ्चालन गर्नको लागि २ लाख ५० हजार विनियोजन गरिएको छ ।

पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुको रोकथाम तथा नियन्त्रण गर्न भ्याक्सिनेसन तथा औषधि खरिदमा २२ लाख बजेट विनियोजन गरिएको छ ।

प्रत्येक वडामा ५० लाख बराबरको नमूना भौतिक पूर्वाधार निर्माण गर्ने कार्य सञ्चालनको लागि प्रदेश सरकार समपुरक अनुदान अन्तर्गत गाउँपालिकाले बेहोर्नुपर्ने ५० प्रतिशत बजेटको समेत सुनिश्चितता गरिएको चौधरीले बताइन् ।