close

हेटौँडा उपमहानगरको आव २०७९/८०को बजेट २ अर्ब ७१ करोड ७९ लाख

हेटौँडा उपमहानगरको आव २०७९/८०को बजेट २ अर्ब ७१ करोड ७९ लाख

Trulli
ADVERTISEMENT

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले आव २०७९/८०का लागि बजेट सार्वजनिक गरेको छ । 

यसअघि नेकपा एमालेका जनप्रतिनिधिले असहमति जनाएर असार १० गते  सार्वजनिक हुन नसकेको सो बजेट आज सार्वजनिक भएको हो । आजै एमालेका जनप्रतिनिधिसँग तीनबुँदे सहमति भएको थियो । 

उपमहानगरले आव २०७९/८०का लागि २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।  आइतबारको नगरसभा बैठकमा प्रस्तुत गरिएको सो बजेटमा  प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रहने उल्लेख छ ।

यसैगरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ ।