close

अप्टिकल फाइबरमार्फत टेलिकमको सेवा

अप्टिकल फाइबरमार्फत टेलिकमको सेवा

Trulli
ADVERTISEMENT

बागलुङ । नेपाल टेलिकमले तमानखोला गाउँपालिका -४ लाममेलामा पहिलो पटक मोबाइल सेवा पुर्‍याएको छ । ग्रामीण र दूरदराजका बस्तीमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यअनुरुप मोबाइल सेवा विस्तार गरी सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बिटियस टावरबाट अप्टिकल फाइबरमार्फत लिङ्क गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ इन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

बागलुङ र म्याग्दी जिल्लाको संगमस्थल पर्यटकीयस्थल सोलेडाँडा सँगै लाममेला गाउँका झण्डै तीन सय घरधुरीलाई लक्षित गरी सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

वरिष्ठ इन्जिनियर शर्माले भनें  'अहिलेसम्म उक्त गाउँमा कुनै पनि मोबाइल  सेवा थिएन हामीले दुर्गम र विकट गाउँका नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले अस्थायी टावर निर्माण गरी अप्टिकल फाइबरमार्फत सेवा प्रवाह गरेका छौं टावर नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनुभएको थियो अब मोबाइल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ ।'

भौगोलिक विकटतासँगै बर्खायाम सुरु भइसकेकाले त्यहाँ सामग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भए पनि जनप्रतिनिधि र स्थानीयको सहकार्यमा टेलिफोन सेवा पुर्‍याउन सफल भएको शर्माको भनाइ छ ।

निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको इन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोबाइल सेवा पुर्‍याउने  गृहकार्यमा रहेको टेलिकमले बताएको छ ।

'विकट भुगोलमा मोवाईल सेवा नहुँदा यहाँका नागरिक र हामी जनप्रतिनिधीलाई समेत सुचना आदान प्रदान गर्न निकै कठिन भइरहेको थियो त्यस क्षेत्रमा मोवाईल सेवा विस्तारको लागि रेडियो लिङ्क गर्न समस्या भएकोले अप्टिकल फाईबर तार हामीले व्यवस्था गर्यौं अहिले भने सजिलो भएको तमानखोला गाउँपालिका ४ का वडा अध्यक्ष छप्रसाद श्रीपालीले बताए । वडाबासी नागरिकलाई सेवा उपलब्ध गराउन हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,' वडा अध्यक्ष श्रीपालीले भने ।

अहिलेको जमाना प्रविधिको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको समन्वयमा स्थानिय हाईड्रो पावरको विद्युत सेवा पुराएर यहाँ मोवाईल सेवा सञ्चालन गरिएको स्थानिय योगेन्द्र विश्वकर्माले बताए । त्यस क्षेत्रमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकहरु थ्रिजी मोबाइलको भ्वाइस र डाटामार्फत लाभान्वित हुनुका साथै खुसी भएका छन् ।

समुद्री सतहदेखि झन्डै दुई हजार ६ सय मिटरको उचाइमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडा सहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानियको दैनिकीलाई मोबाइल सेवाले थप सजिलो बनाएको छ । मोबाइल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफ्नो सेवा विस्तारसँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तीव्रता दिएको छ ।