close

बेथानचोकमा केबुलकार र सुरूङमार्ग निर्माण गरिने

बेथानचोकमा केबुलकार र सुरूङमार्ग निर्माण गरिने

Trulli
ADVERTISEMENT

काभ्रे । बेथानचोक गाउँपालिकाले केबुलकार र सुरूङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रम घोषणा गर्दै यस्तो बताएका हुन् । 

काभ्रे जिल्लाकै उच्च स्थान बेथानचोक नारायणस्थानमा केबुलकार बनाइने तथा दुर्लुङखोलालाई सुरूङमार्गमार्फत च्याम्राङबेसीसँग जोड्नका लागि सम्भाव्यता अध्ययन गरिने गाउँपाँलिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिकाको एघारौं नगरसभाले आर्थिक वर्ष २०७९\०८० का लागि कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट पास गरेको छ । यसमध्ये  चालु खर्चतर्फ  ३१ करोड ५ लाख रुपैयाँ र पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना पनि गाउँपालिकाले ल्याएको छ ।

प्रविधि मैत्री गाउँपालिकाको रूपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रूपमा विकास गर्ने, जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यवस्था मिलाउने, कृषि नीति, स्वास्थ्य नीति, पर्यटन नीति तर्जुमा गरी निजी क्षेत्रसँग समन्वय गर्नेलगायत नीति गाउँपालिकाले लिएको छ । 

प्रभावकारी यातायात व्यवस्थापनको लागी आफ्नो मौलिक पहिचान बोकेको बेथानचोक सफारीको व्यवस्था मिलाउने, फोहोर व्यवस्थापनका लागि वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने, जैविक, अजैविक फोहोरलाई उत्पादन तह देखी नै वर्गीकरण गरी जैविक फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन प्रेरित गर्ने योजना अघि सारेको छ ।

श्रम, सिप र उत्पादनसँग जोड्न माटो सुहाउँदो प्राविधिक शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग, आयलाई पुँजीसँग, पुँजीलाई लगानीसँग, लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राविधिक शिक्षालय स्थापनाको प्रयास गर्न कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।