close

बाजागाड बन्यो हिमा गाउँपालिकाको स्थायी केन्द्र

बाजागाड बन्यो हिमा गाउँपालिकाको स्थायी केन्द्र

Trulli
ADVERTISEMENT

जुम्ला । हिमा गाउँपालिकाको गाउँसभादे स्थायी केन्द्र बाजागाड बनाउने निर्णय भएको छ । 

गाउपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२ औं गाउँसभाले पालिकाको केन्द्र ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो । 

गाउँसभाले सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीले बताए । 

अध्यक्ष शाहीले भने, 'हामी हिमा गाउबासीहरूको विकास र समृद्विको आकांक्षा पूरा गर्न तल्लिन छौँ, आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सिँचाइ, पर्यटनजस्ता क्षेत्रहरूलाई मुख्य प्राथमिक्तामा राखेका छौँ, स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन लघु उद्यम, रोजगारी सिर्जना तथा अन्य आर्थिक उपार्जनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना छ ।'

पहिलो पाँच वर्षे कार्यकालको जनप्रतिनिधिले पनि गाउँपालिकाको केन्द्र बाजागाड नै बनाउने भनेर निर्णय गरे पनि  सहमति नजुटेकोले हालमस्म विवाद थियो । हाल गाउँपालिकाको कार्यालय जुगाडबाट सञ्चालन हुँदै आएको छ ।