close

कर्णालीको सान्नि त्रिवेणीले साउन अन्त्यसम्ममा सबै वडामा सडक पुर्‍याउने

कर्णालीको सान्नि त्रिवेणीले साउन अन्त्यसम्ममा सबै वडामा सडक पुर्‍याउने

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णली प्रदेश सान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष महेशबहादुर केसीले अर्थिक वर्षको अन्त्य (साउन)सम्ममा सडक सञ्जालमा नजोडिएका वडालाई सडक सञ्जालले जोड्ने र भएका सडकको स्तरोन्ति गरिसक्ने बताएका छन् । पालिका खबरसँगको कुराकानीका क्रममा अहिले अघिल्लो अर्थिक वर्षका योजनाको अनुगमन भइरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पालिकामा कार्यान्वयनमा रहेका योजनाको अनुगमन भइरहेको बताउँदै उनले कार्यसम्पादनका आधारमा भुक्तानी गरिने बताए । 

योबीचमा ज्येष्ठ नागरिकलाई घरमै गएर भत्ता उपलब्ध गराएको बताउँदै भने,‘हामीले शिविर सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराएका छौँ । अब उहाँहरुले भत्ताका लागि कार्यालय धाइरहनुपर्दैन हामी आफैँ पुर्‍याउँछौँ ।’

यस्तै, पर्यटकीय क्षेत्र विकास र पर्यटकीय आगमनका लागि योजना बनाएको बताउँदै भने, ‘कर्णाली र सुदूरपश्चिममा रहेको एतिहासिक धार्मिक पर्यटकीयस्थल त्रिवेणी पाटन बढीमालिकामा पर्यटक भित्र्याउन लागि परेका छौँ ।’

केसीका अनुसार त्रिवेणी पाटन बढीमालिकामा हरेक जनैपूर्णिमामा हरेक जनैपूर्णिमामा भव्य मेला लाग्छ ।

यस्तै, अध्यक्ष केसीले आव २०७९/८०का लागि कुल ४० करोड बजेट ल्याएकाे बताए ।