close

मध्यपुरथिमिको बजेट पारित: सुखी र समृद्ध नगरपालिका बनाउने अठोट

मध्यपुरथिमिको बजेट पारित: सुखी र समृद्ध नगरपालिका बनाउने अठोट

Trulli
ADVERTISEMENT

मध्यपुरथिमि नगरपालिकाको सोमबार बसेको छैटौँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ ।

बैठकले आव  २०७९/८० का लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठद्वारा प्रस्तुत तीन अर्ब १५ करोड १० लाख रुपैयाँको बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

मध्यपुरथिमि नपाको वार्षिक बजेटमा नगरपालिकाद्वारा सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनाको ६० करोड ८७ लाख ६२ हजार र नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालतर्फ ५७ करोड ३७ लाख ४६ हजारसमेत समावेश गरिएको उपप्रमुख श्रेष्ठले बताए ।

यसैगरी नगरसभाले विभिन्न चार ऐनसमेत सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले जानकारी दिए ।

नगरसभाले सुखी र समृद्ध मध्यपुरथिमि बनाउने अठोटका साथ शिक्षा ऐन– २०७९, स्वास्थ्य ऐन–२०७९, सहकारी ऐन– २०७९ र विपद्जोखिम न्यूनीकरण व्यवस्थापन ऐन– २०७९ सर्वसम्मतले पारित गरेको उनले बताए ।  

बैठकमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेर नगरसभालाई ऐतिहासिक बनाउन भूमिका खेल्ने सबै नगरसभा सदस्यलाई धन्यवाद दिए ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको विकासमा सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।