close

मनसुन अवधिभर उच्च सतर्कता अपनाउन लेकम गाउँपालिकाको आग्रह

मनसुन अवधिभर उच्च सतर्कता अपनाउन लेकम गाउँपालिकाको आग्रह

Trulli
ADVERTISEMENT

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले मनसुन अवधिभर उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । 

मनसुनजन्य विपदको हिसाबले लेकम गाउँपालिका जोखिमयुक्त रहेकाले उच्च सतर्कता अपनाई आफ्ना दैनिक क्रियाकलाप संचालन गर्न,  धन जनको क्षति हुन नदिनका लागि सतर्कता अपनाउन स्थानीय समुदाय र सरोकारवालामा गाउँपालिकाले आह्वान गरेको छ ।

मनसुन सक्रिय भइसकेको र यो वर्ष अत्याधिक पानी पर्ने सम्भावनाका कारण बाढी, पहिरोजन्य घटनामा समेत बढोत्तरी हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष राम दत्त जोशीले पालिकाखबरलाई बताए ।

साथै विपदजन्य घटना भएमा तथा सहयोगको लागि सीमा प्रहरी कार्यालय लालीको सम्पर्क नम्बर ९७४८२४६९५८, बिओपी पोष्ट लालीको सम्पर्क नम्बर ९८६७२०४८५२, ईलाका प्रहरी कार्यालय रिठाचौपाता ९८४८८०९४१२, प्रहरी चौकी रातामाटा ९८६४६२९४९२ / ९८६८७४५४५८, नेपाल प्रहरीको हटलाईन नम्बर १०० र लेकम गाउँपालिका विपद् व्यवस्थापन युनिट ९८४८७५१२६० मा सम्पर्क गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाको जोखिमयुक्त स्थान

वडा नम्बर १ को पट्युडी, बण्डोली, बित्थड दुरकाडाखोला, चोचेबगर, चौलानी बेल्ट, बडिपुर स्कुल, डोबिगाउँ । 

वडा नम्बर २ को बिटोरा, गाँणागाउँ, कैनोडा साच्चोरी, धरमघर, भाटाइजर, सल्ला, बिटोरा सुडरखाली ।

वडा नम्बर ३ को कुसकाडा, ऐरपाली, मकन्ना, महाकाली तटीय भेग मकन्ना गाउँ । 

वडा नम्बर ४ को जामुनी, मानविसा, बुढाकोट, खातिइजर, तेलपौरा, बचपाली, ग्वानी, धनचौरी, तोली, बोदल, झलाती, च्युरीपातल, वुलुई, वाइलपाटा, जोगीभण्डार, आठाटाणी । 

वडा नम्बर ५ को ऐरपानी, धुलेडी, पिड, अम्कुर, मैखोली सडक, वमनेत, वग्जेवाला, रिठासिमखेत मैखोली भम्क ।

वडा नम्बर ६ को तिउनेगाउँ, दलित बस्ती सिरोडा, टाक मेल्लाऊ ।