close

बुढीगंगा नगरपालिकामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा

बुढीगंगा नगरपालिकामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा

Trulli
ADVERTISEMENT

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान (निर्वाचन) हुँदै छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको बुढीगंगामा आज पुनः मतदान हुन लागेको हो । 

निर्वाचनका लागि १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन मिलाइएकाे प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएकाे उनले बताए । सबै राजनीतिक दल र सराेकारवालाबीच मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सहयाेग पुर्‍याउने सहमति पनि भएकाे उनले जानकारी दिए । 

भयरहित ढंगले मतदानमा सहभागी हुन उनले मतदातालाई आग्रह समेत गरे ।