close

धरानका मेयर साम्पाङले सरकारी गाडी बेचेर रोलर किन्ने

धरानका मेयर साम्पाङले सरकारी गाडी बेचेर रोलर किन्ने

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगर क्षेत्रका सडकमा भएका खाल्डा पुर्न र भत्केका सडक तत्काल बनाउन भन्दै मेयर हर्क साम्पाङले 
चढ्न किनेको सरकारी गाडी बिक्री गर्ने कार्यापालिका बैठकले निर्णय गरेको छ । 

बिहीबार बसेको कार्यपालिकाले बैठकबाट मेयर हर्क साम्पाङका किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय  पारित गरेको छ । मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए।

‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो !  कार्यपालिकाले ताली बजाएर अनुमोदनसमेत गरिदेको छ ! ’ मेयर साम्पाङले भने।

मेयर साम्पाङले प्राय: आफ्नो मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।