close

बुढीगंगा नगरपालिका : मेयरमा एमाले उम्मेदवार १५०० मतले अघि

बुढीगंगा नगरपालिका : मेयरमा एमाले उम्मेदवार १५०० मतले अघि

Trulli
ADVERTISEMENT

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।

पाँच हजार ४२९ मतगणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ ।

वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।

अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ ।

त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् । रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् ।

यहाँ एमाले उम्मेदवार ३१० मतान्तर सहित विजयी भएका छन् । बुढीगंगामा योसहित एमालेले पाँच र काँग्रेसले एक वडा जितेको छ ।