close

सिदिङ्वा पालिकामा स्काभेटरले खसालेको ढुंगाले लागेर एकको मृत्यु

सिदिङ्वा पालिकामा स्काभेटरले खसालेको ढुंगाले लागेर एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । ताप्लेजुङमा बाटो खन्ने क्रममा स्काभेटरले खसालेको ढु‌ंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका–३ आगेपामा स्काभेटरले खसालेको ढुङ्गाले लागेर पैदल यात्री गंगाराम कडरियाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी सडक खनिरहेको र खनेको ढुङ्गा माटो सडकभन्दा तल फाल्ने क्रममा सिदिङवा गाउँपालिका–३ भञ्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा मृत्यु भएको  हो ।

यस्तै, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।