close

सर्लाहीबाट लागूऔषधसहित दुईजना पक्राउ

सर्लाहीबाट लागूऔषधसहित दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकलमा सवार रितेशकुमार यादव र रोशन भन्ने बिजय कुमार घिमिरे छन् । 

सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई बिशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अबस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवैजनामाथि थप अनुसन्धान अगाडि बढाइएको छ ।