close

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ७८ लाख भुक्तानी रोक्का

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ७८ लाख भुक्तानी रोक्का

Trulli
ADVERTISEMENT

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा कार्यालय सडकको पिपिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै भुक्तानी रोकिएको छ ।   

रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसी ढलानको काम गुणस्तहीन भएको भन्दै आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख भुक्तानी रोकिएको हो ।

मध्यपहाडीबाट वडा कार्यालय हुँदै स्वास्थ्यचौकी पुग्ने ५५० मिटर सडकको पिसिसी ढलानका क्रममा स्टिमेटअनुसार काम नभएकाले भुक्तानी रोकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई पालिका खबरलाई बताए । 

उपभोक्ता समितिले १८ असोज २०७८ देखि २० चैत २०७८ सम्ममा काम सक्नेगरी नगरपालिकाबाट करिब १९ लाख पेस्की लिएर सडकको पिसिसी ढलान सुरु गरेको थियो । तर, पिसिसी ढलानका क्रममा स्टिमेट अनुसार सव–वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको नगरपालिकाको दाबी छ । पिसिसी ढलानका क्रममा उपभोक्ता समितिले ८ लाख ८२ हजार २७५ रुपैयाँ बेहोर्नुपर्ने सम्झौता छ । 'गुणस्तरहीन काम भएकाले भुक्तानी रोकिएको हो,' उपमेयर राईले भने, 'भुक्तानीका लागि उपभोक्ता समिति आएको छैन । वडाध्यक्ष रिक्वेष्ट गर्न आउनुभएको थियो ।’

त्यसो त वडाध्यक्ष लीलाकुमार चौहानमाथि भेला नगरी आफूखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपूर्वक कीर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीबारे बेखबर रहेको, योजनाको लागत रकम, स्टिमेट र कामको प्रकृतिबारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ ।