close

भक्तपुर नगरपालिकाद्वारा अनाथ बालबालिकालाई स्टेसनरी सामग्री वितरण

भक्तपुर नगरपालिकाद्वारा अनाथ बालबालिकालाई स्टेसनरी सामग्री वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिकाले अनाथ बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरेको छ ।

नगरप्रमुख सुनील प्रजापतीले  बिहीबार नगरक्षेत्रमा अध्ययनरत ३१ अनाथ बालबालिकालाई ब्यागसहित स्टेसनरी सामग्री वितरण गरेका हुन् । 

आर्थिक परिस्थितिका कारण शिक्षाबाट वञ्चित हुन नदिन नगरपालिकाले शैक्षिण ऋण र छात्रावृत्तिको व्यवस्था गरेको उनले बताए । 

साथै विद्यार्थी नैतिकवान बन्दै आफ्नो लक्ष्य प्राप्त गर्न  प्रतिबद्ध भएर अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । 

राम्रो साथीको संगत गरेमा विद्यर्थीको भविष्य राम्रो हुने भन्दै शिक्षकले पनि विद्यार्थीलाई खराब संगतबाट बचाउन सचेत गराउनुपर्ने बताए ।