close

ठाटीकाँधमा पालिका भवन निर्माणका लागि एकै परिवारले गरे लगभग २ करोडबराबरको जग्गा दान

ठाटीकाँधमा पालिका भवन निर्माणका लागि एकै परिवारले गरे लगभग २ करोडबराबरको जग्गा दान

Trulli
ADVERTISEMENT

काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले गाउँपालिकाको भवन निर्माणका लागि १० रोपनी जग्गा दानस्वरुप प्राप्त भएको जानकारी दिएका छन् । 

ठाटीकाँध गाउँपालिका–६का धनरुप थापा, मानबहादुर थाप, प्रेम थपा, मनबाहादुर थापा, लालबहादुर थापा र भक्त थापाले १० रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि दानस्वरुप प्रदान गरेको उनले बताए । 

‘गाउँपालिकाको भवन निर्माणका लागि हामीले हिजो मात्रै जग्गा प्राप्त गरेका छौँ । एकै परिवारका सदस्यले सरकारको दररेट प्रतिरोपनी १५ लाख पर्ने १० रोपनी जग्गा दान गर्नुभएको छ,’ उनले पालिका खबरसँग भने । 

गाउँपालिकाको भवन निर्माणका लागि चाँडै प्रक्रिया अघि बढाउने बताउँदै उनले भने, ‘भर्खर जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि प्रक्रिया अघि बढाउँछौँ ।’

पालिकाभित्र रहेका ६वडा मध्ये ३ वटा वडा पुराना गाविस भवनमा सञ्चालन भइरहेको बताउँदै भने, ‘यसअघि सडक खन्ने काम मात्रै भयो । त्यो पनि कहीँ पिच भएको छैन । मुख्य राजमार्गबाट पालिकासँग जोडिने १४ किलोमिटर बाटोमध्ये दसैँसम्म ९ किलोमिटर पिच हुन्छ ।’

यस्तै, नीति तथा कार्यक्रममा लघु उद्यमलाई प्राथमिकता दिएको उनले बताए । 

‘बाँसका सामग्री निर्माण, स्पेसल  ढाकालाई उत्पादनमा जोड,सिलाइ कटाइ सीप तथा उनीको स्वीटर बुनाइजस्ता सीपको क्षमता बढाएर उद्यमशीलता बढाउन जोड दिएका छौँ,’ उनले भने । 

यस्तै,गाउँपालिकामा अहिले २० करोडको लागतमा १५ बेडको हस्पिटल बन्दै गरेको उनले पालिका खबरलाई जानकारी दिए ।