close

सप्तरीमा सवारी साधन दुर्घट्नामा परी एक जनाको मृत्यु

सप्तरीमा सवारी साधन दुर्घट्नामा परी एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी ।  सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भएको छ  ।

जिल्लाकाे रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारस्थित पूर्वपश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स. ४ प. १३३४ नम्बरको मोटरसाइकलले पैदल यात्री रुपनी गाउपालिका –६ का ५५ वर्षीय  दीपनारायण मेहतालाई ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचारको क्रममा मृत्यु भएको छ ।  

मृतककाे शवको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा भई मोटरसाइकलचालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।