close

ई-स्पोर्ट्सका लागि  छुट्याएको बजेट अमुक संस्था र खेलका लागि होइन : बालेन शाह

ई-स्पोर्ट्सका लागि  छुट्याएको बजेट अमुक संस्था र खेलका लागि होइन : बालेन शाह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले आउँदो आर्थिक वर्षका लागि महानगरले ई-स्पोर्ट्सका लागि  छुट्याएको एक करोड बजेट कुनै अमुक संस्था र खेलका लागि नभएको बताएका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । 

उनले लेखेका छन्- सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेको प्रसंगका विषयमा ध्यानाकर्षण भएको छ। ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बौंको आर्थिक योगदान गर्ने विधा हो। नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो। कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।’