close

दमकमा निर्माणाधीन भ्यूटावरकाे लागत र समयावधि लम्बियो ​​​​​​​

दमकमा निर्माणाधीन भ्यूटावरकाे लागत र समयावधि लम्बियो ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको दमकस्थित दापगाछीमा निर्माणाधीन भ्यूटावरकाे निर्माण लागत र समयावधि लम्बिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनअनुसार टावर निर्माण कार्यको सुरुमा तोकिएको म्याद समाप्त भइसक्दा १२ तलासम्मको संरचना मात्र तयार भएको छ ।

सयममै निर्माण नभएपछि १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण हुने भनिएको भ्यूटावरको लागत बढेर १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

भ्यूटावर १०० मिटर अग्लो (१८ तलाको) हुनेछ । टुप्पोतिरको २८ मिटर भाग भने मेटल फ्रेमको हुनेछ ।