close

काठमाडौं महानगरले गर्‍यो कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था

काठमाडौं महानगरले गर्‍यो कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ । 

महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिएको  महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । 

दिवा खाजा कार्यक्रमले विद्यार्थी भर्नादर बढाएको, बालबालिकाको स्वास्थ्य सुधार भएको अध्ययनले देखाएपछि विस्तार गर्ने निर्णय गरिएको अधिकृत सुवेदीको भनाइ छ। 

‘रिसर्चले दिवा खाजा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको आयो । अर्को न्यून आयस्रोत भएका बच्चाहरुको हातमै पुग्ने भएकाले उदार भएरै महानगरले नै खर्च गर्ने हिसाबले बजेट राखेको छ,’उनले भने ।