close

शुभकालिका पालिकालाई सडकसँग जोड्ने मेरो मुख्य लक्ष्य हो : अध्यक्ष आचार्य

शुभकालिका पालिकालाई सडकसँग जोड्ने मेरो मुख्य लक्ष्य हो : अध्यक्ष आचार्य

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश कालिकोट जिल्लाको शुभकालिका पालिकाले गरिब असहाय, निमुखा र सहिद परिवारको निःशुल्क बिमा गर्ने भएको छ ।

सो पालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले आव २०७९/८०को नीति तथा कार्यक्रममा उल्लेखित व्यवस्था गरेको पालिका खबरसँगको कुराकानीका क्रममा बताए । 

नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा असहाय टुहुरा बालबच्चाका लागि आवासीय  विद्यालय सञ्चालन गर्ने व्यवस्था समावेश गरेको पनि उनले जानकारी दिए । 

सडक सञ्जाल विस्तारमा पालिका निकै पछि परेको बताउँदै उनले आगामी वर्षभित्र पालिकालाई सडक सञ्जालसँग जोड्ने बताए । 

‘एकातिर हाम्रो बेहुली पान्तरी सडक जनयुद्धकालीन योजना थियो । त्यो सडक जुम्ला हुँदै डोल्पा पुग्छ । युद्ध र भौगोलिक तथा सुरक्षाको कारण त्यो सडक त्यहाँ जोडियो । दोस्रो २०७४ सालमा स्थानी शासन सुरु भएपछि राज्यको चासो सडक सञ्जालमा ध्यान गयो । तर, दैलेखका तीनवटा गाउँपालिकासँग हाम्रो गाउँपालिका जोडिन पुग्छ । दैलेख र कालीकोटको दैखोला हुँदै हाम्रा एक नम्बर वडामा जोडिनुपर्छ । तर, विगतमा विभिन्न गैरसस्थाले सडक सञ्जालका लागि कार्य गर्न पहल गर्छन् । तर, कुनैले पनि कार्य सफलतापूर्वक नगर्दा पालिका सडक सञ्जालसँग जोडिन नसकेको हो ।’

यस्तै, हेल्पटास लिलीसँग साझेदारी गरेर एक घर एक धारा निर्माण कार्य भइरहेको जानकारी दिए । 

पालिकाको आफ्नै जग्गा भए पनि व्यवस्थित भवन निर्माण कार्य गर्न नसकेको बताउँदै उनले भने ‘जग्गा टन्नै छ । आफ्नै भवन भए पनि व्यवस्थित छैन । ८ वडामध्ये वडा नम्बर ८ मा मात्रै आफ्नो वडा छ ।’

सडक निर्माणका लागि राज्यबाटै ५६/५७ कारोडको टेन्डर परिसकेकाले चाँडै पालिका सडक सञ्जालसँग जोडिने बताए । 

‘यो वर्ष पालिकालाई सडक सञ्जालसँग जोड्ने मेरो मुख्य लक्ष्य हो,’उनले भने । 

कालिकोट पहाडी जिल्ला भएकाले शुभ गाउँपालिको मुख्य विपत् बाढीपहिरो भएको बताउँदै भने, ‘विपत् व्यवस्थापनका लागि हामीले वृक्षरोपण कार्य गरेका छौँ ।