close

काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने

अवज्ञा गरे कारबाही

काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने

अवज्ञा गरे कारबाही

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले (भोलि) साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । 

महानगरपालिकाले शुक्रबार सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ ।

तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।  

तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर  संकलन गर्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ । महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुनेछ । 

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ ।